नेपाली महिलालाई ब्रिटिस सेनामा नपठाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 04:50:25 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले नेपाली महिलालाई ब्रिटिस सेनामा नपठाउन निर्देशन दिएको छ । बेलायतले सन् २०२० सम्म नेपाली महिलालाई पनि भर्ना लिने बताएको थियो । तर, संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपाली महिलालाई बेलायती सेनामा नपठाउन भन्दै कोही गएका भए फिर्ता बोलाउन निर्देशन दिएको छ ।

नेपाली महिलाहरु बेलायती सेनामा जाने प्रक्रियाबारे संसदीय समितिलाई जानकारी गराईएको छैन । समिति सभापति पवित्रा निरौलाले नेपालीहरुले बेलायती सेनामा काम गरेको दुई सय वर्ष बढी हुँदा पनि यस अवधिमा कतिको मृत्यु भयो, कति घाइते भए भन्ने तथ्यांक नेपाल सरकारलाई उपलब्ध नगराईएको बताईन् । उनले भनिन्, २०३ वर्ष भएछ नेपालीहरुले बेलायती सेनामा काम गरेको । कतिको मृत्यु भयो, कति घाइते भए भन्ने तथ्यांक समेत नेपाल सरकारलाई उपलब्ध गराएको छैन ।’ ‘पहिलो र दोस्रो विश्वयुद्धमा मृत्यु भएकाको परिवारको विजोग छ । तलबमान समान छैन भने महिलालाई किन फेरि किन पठाउने ?’

समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग पूरा गर्ने पहल थाल्न पनि सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved