प्रधानमन्त्रीको निर्देशन: ब्याजदर लचिलो बनाउनुहोस, हस्तक्षेप गर्न नपरोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 07:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन निर्देशन दिएका छन। फागुन ४ गते नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ब्याजदर घटाउन यस्तो निर्देशन दिएका हुन। 

बैंकको ब्याजदर महँगो भएको भन्दै आन्दोलनतर व्यवसायीहरुसहित अर्थमन्त्री, गभर्नर लगायतलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले बैंकहरुको चर्को ब्याजदर घटाउन निर्देशन दिएका हुन।

'तपाइँहरु आफैं यो समस्याको समाधान गर्नुहोस, होइन भने सरकारले हस्तक्षेप गर्छ' प्रधानमन्त्री ओलीले चर्को ब्याजले उठेको समस्या समाधान गर्न अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिंदै भने, 'म सरकारले हस्तक्षेप गरोस भन्ने पक्षमा छैन, हस्तक्षेप गर्ननपरोस।'  

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिंदै यस्तो क्षेत्रको लगानीको ब्याजमा लचिलो हुन निर्देशन दिएका हुन। 

“लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस ” प्रधानमन्त्री ओलीले भने “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहेस र सबभन्दा कम ब्याज उठाउनुहोस, बिलासिताका वश्तुमा लगानी कम गर्नुहोस, ब्याज बढी गर्नुहोस ।”

प्रधानमन्त्री ओलीले आफुले व्यवसायीहरुको माग सुन्ने बताउदै आन्दोलनरत व्यवसायीहरुलाई आन्दोलन छाड्न आग्रह समेत गरेका छन। मोरङका व्यवसायीहरुले गत माघ १३ गतेदेखि बैंकको ब्याजदर चर्को भएको भन्दै आन्दोलन थालेका थिए। त्यसपछि देशभरकै उद्योगी  व्यवसायीहरु बैंकहरुले चर्को ब्याज लिएको भन्दै आन्दोलित छन। 

प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन। “बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन, यसमा सरकारले नियमन गर्छ ” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीको निर्देशनपछि अर्थमन्त्री ड़ा युबराज खतिवडाले आउँदो साता सोमबार गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारी, आन्दोलनरत उद्योगी/व्यवसायी, बैंकर र अन्य सरोकारवाला पक्षसंग छलफल गर्ने भएका छन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved