पशुपतिलाई विवेकशीलको साथ, 'लुट्न सके लुट कान्छा' लाई भाइरल बनाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 01:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विवेकशिल नेपालीले गायक पशुपति शर्माको गित 'लुट्न सके लुट कान्छा' हटाईएको कदमको बिरोध गरेको छ । सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई गित हटाउन लगाईएको दलको आरोप छ ।


दलले  शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गरेको छ । साथै आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत विवेकशील दलले आह्वान गरेको छ।


विवेकशीलले नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराएको छ । लोकतन्त्रका निम्ति आत्म नियन्त्रण ( self censorship ) घातक भएको बताउदै विवेकशील नेपालीले यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरको बारेमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेको छ। 


यो पनि : 

नेकपा कार्यकर्ताको नजरमा पशुपति शर्माको गितका ५ कमजोरी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved