कालिन्चोकमा हिउँ खेल्न गएका ७ सय अलपत्र, प्रहरीद्वारा उद्दार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 08:23:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 दोलखामा हिउँ खेल्न गएर अलपत्र परेका झण्डै ७०० पर्यटकलाई प्रहरीले कालिञ्चोकबाट उद्धार गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले अझै उद्धार कार्य जारी राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved