बार एशोसिएसनको नेतृत्वका लागि मनोनयन दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 04:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रतिपक्ष नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुले प्यानलकै बनाएर उम्मेदवारी दिएका छन।

नेकपा निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एशोशिएसन (डिलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले बारको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि दुवैले न्यायपालिका भित्रको समस्या समाधान आफूहरुको मिसन भएको बताएका छन् ।

बारको नयाँ नेतृत्वका लागि आगामी चैत्र १६ गते शनिबार काठमाडौंमा निर्वाचन हुँदैछ । बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना सहित ८ जना उपाध्यक्ष तथा १४ जना सदस्यका लागि निर्वाचन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved