साधारणसभाको विवरण नबुझाउनेलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 10:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । 
आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने सहकरीलाई कारवाही गर्ने बताएका हुन  । 

कामपाअन्तर्गत अहिले एक हजार ८५६ सहकारी भए पनि ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । आजभन्दा ११ वर्षअघि स्थापना भएको निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लिले समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी समाजकै हितमा परिचालन गर्दै आएको छ । 

संस्थाका सदस्यलाई बेलाबेलामा तालीमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुने भएकाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिरहेको संस्थाका सचिव रमेश पोखरेलले बताए  । कामपाले आफ्ना मातहतका सहकारीको सञ्चालनका लागि ‘सहकारी ऐन २०७४’ जारी गरेको छ । संस्थाका अध्यक्ष झपटबहादुर बोहराले सहकारीले नाफामूलकभन्दा पनि नागरिकको सेवालाई दृष्टिगत गरी काम गर्नुपर्नेमा जोड दिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved