घुस काण्डमा मुछिएका आयुक्त पाठकविरुद्ध अख्तियारद्धारै अनुसन्धान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 11:41:27 AM मा प्रकाशित

laxmi  sunrise bank

घुस प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान थालेको छ । सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अख्तियारले नै छानबिन गर्न सक्ने बताएको थियो ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved