उत्कृष्ट कर्मचारी नै घुससहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 03:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्कृष्ट कर्मचारी नै घुस सहित पक्राउ परे भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ नै हो  । कञ्चनपुरको बेलौरी नगरपालिकाका योजना शाखा प्रमुख हृदयराज बजगाईं गत बर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका थिए । तर उनी यो बर्ष घुस सहित पक्राउ परेका छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईंलाई नगद ६० हजार घूससहित आइतबार पक्राउ गरेको हो। कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा उनी पक्राउ परेका हुन् । 

न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बजागाईंलाई गत बर्ष प्रथम नगरसभाको उद्घाटन सत्रमा सम्मानित गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved