प्रधानमन्त्री विरुद्ध अदालत जाने भाइरल उप–सचिव सञ्जेलको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 03:43:55 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम तथा रोजगार कार्यालय विराटनगरका तत्कालिन प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई पहिलेकै कार्यालयमा समायोजन नगरे अदालत जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री, सचिव र श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलाई पत्र लेख्दै सञ्जेलले अन्यत्र खटाए अदालत जान बाध्य हुने चेतावनी दिएका हुन ।

उनले पत्रमा लेखेका छन्, ‘कानून बिपरित विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयबाट काज सरुवा गरिएकोले मेरो समायोजन एक नम्बर प्रदेश अन्र्तगतको सोही कार्यालयमा होस ।’

२५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका सञ्जेलको ९ पुसमा सीप विकास कार्यालय सुनसरीमा सरुवा गरिएको थियो । उनी हालसम्म काज सरुवा भएको कार्यालयमा हाजिर भएका छैनन । उनले कर्मचारी समायोजनमा सोही कार्यालय रोजेर निवेदन दिएका छन् ।

श्रम तथा रोजगार कार्यालयमा आएपछि सञ्जेलले नक्कली जलबिद्युत्त आयोजना र कृषि कम्पनी खोलेर कर्मचारीलाई पारिश्रमिक नदिने, उद्योगमा पारिश्रमिक नदिने र बैदेशिक रोजगारका नाममा ठगी गर्नेहरुलाई पक्राउ गरी कारबाही गराउन थालेपछि सरुवा भएका थिए । आफू घुस नखाने र अरुलाई पनि खान नदिने अडान राख्दै आएका सञ्जेलको श्रम तथा रोजगार कार्यालयबाट ३ महिना पनि नवित्दै सरुवा भएपछि प्रधानमन्त्री समेतलाई गाली गरेर चर्चित बनेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved