हटाईए खानेपानी सचिव ठाकुर, भन्छन,’मन्त्रीसँग कुरा मिलेन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 04:32:40 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी मन्त्री विना मगरले विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन् । मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीचको विमती लम्बिएपछि मन्त्री मगरले सचिवलाई हटाएकी हुन् ।

ठाकुरले आफूलाई मन्त्रालयबाट हटाइएको भन्दै मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गरेका छन् । मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि बहुप्रतिक्षित आयोजना अलपत्र छ । सचिव ठाकुरमाथी सिएमसी हटाउन प्रमुख भूमिका खेलेको आरोप लागेको छ ।

सिएमसीले काम छाडेर गएपछि मन्त्री मगरकै अग्रसरतामा आफ्नो स्वकीय सचिवसहितको टोली वार्ताका लागि सिंगापुर पठाएकी थिइन् । तर सचिव ठाकुर भने सिएमसीलाई नफर्काउने र नयाँ टेण्डर गरेर मेलम्ची अघि बढाउने पक्षमा थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved