नेविसंघका दुई गुटबीच कुटाकुट, प्रहरीद्धारा लाठी चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 02:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्न जारी केन्द्रिय समितिको बैठकमा भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान भएको हो ।

विद्यार्थी नेता कुन्दन काफ्ले नेतृत्वको गुट नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा छ भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने अडानमा छ ।

बैठक सुरु हुनु अघि नेविसंघको दुई गुटबीच बाहिर झडप सुरु भएको हो । सुरुमा दई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगा हानाहान गरेका थिए । दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि भने प्रहरीले लाठी चार्ज गरेको थियो । झडपमा पत्रकारसहित केही विद्यार्थी घाइते भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved