वाइडबडी प्रकरण छानबिन गर्न इन्टेलिजेन्स ब्यूरो, देउवामाथि पनि अनुसन्धान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 04:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भएको अनियमिता सम्बन्धमा आरोपीसँग बयान लिन थालेको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडी खरिद सम्बन्धमा भएको भनिएको अनियमिताको विषयमा बयान लिने काम सुरु भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताएका हुन् । ‘अहिले बयान लिने कार्य भइरहेको छ’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहान्न ।’

इन्टेलिजेन्स व्यूरो नै स्थापना गरी अनुसन्धानलाई तिव्रता दिने प्रमुख आयुक्तको भनाई छ । प्रमुख आयुक्त घिमिरेको नेतृत्वमा अख्तियारले १५ जनाको इन्टेलिजेन्स ब्यूरो स्थापना गरेको छ । उनले आरोपी सबै प्रर्वमन्त्री, बहालवाला मन्त्री, सचिव र शेरबहादुर देउवालाई समेत अनुसन्धानको दायरामा ल्याईने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved