देशभरको मौसम बदलि, धुलिखेल बनेपामा १२ बर्षपछि हिमपात (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 08:27:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारदेखि देश भरको मौसम बदलि भएको छ । मौसम विभागका अनुसार बुधबार बेलुकादेखि देशका अधिकांश भू भागमा वर्षा भइरहेको छ । रातभरी भइरहेको बर्षा बिहान ७ बजेपछि भने धेरै ठाउँमा रोकिएको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी क्षेत्रमा हिमपात र वर्षा भएको बिभ्गाले जनाएको छ । 

काठमाडौं उपत्यका आसपासका डाँडामा हिमपातले गर्दा अत्यधिक चिसो महसुस गरिएको छ । काठमाडौँमा पनि पातालो हिमपात भएको छ । त्यस्तै काठमाडौँ नजिकको भक्तपुरमा पनि हिमपात भएको छ । धुलिखेल र बनेपामा पनि हिमपात भएको छ । करिब १२ बर्षपछि धुलिखेल र बनेपामा हिमपात भएको स्थानीयले बताएका छन् । बर्षा र हिमपातले चिसो बढ्दा देशभरको जनजीवन कष्टकर बनेको छ  ।

यस्तो छ मौसम बिभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान   ।

जारी मिति : फाल्गुन १६  गते (बिहिवार) विहान ६:०० बजे 

 

फाल्गुन १६  गते (बिहिवार):-

 

दिउँसो: देशको पूर्वि तथा मध्य भु-भागमा सामान्य बदलि रही पश्चिमि पहाडि भु-भागमा आंसिक देखि सामान्य बदली रहने छ भने बाँकी भु-भागमा आंसिक बदली रहने देखिन्छ । देशको पुर्वि तथा मध्य भु-भाग लगायत   पश्चिमि पहाडि भु-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का  हिमपातको सम्भावना रहेको छ ।

 

राति: देशको पूर्वि तथा मध्य भु-भाग लगायत पश्चिमि पहाडि भु-भागमा आंसिक  बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशको पुर्वि पहाडि भु-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

 

फाल्गुन १७  गते (शुक्रवार):-

 

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका १ -२ स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

 

राति: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।  पहाडी भूभागका १ -२ स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

 

फाल्गुन १८ गते (शनिवार):-

 

दिउँसो: देशको पश्चिमी र मध्य भागहरुमा सामान्य बदलि र पूर्वी नेपालमा आंसिक बदली रहनेछ | पश्चिमी नेपाल र अन्य पहाडी भु-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का  हिमपातको सम्भावना रहेको छ ।

 

 राति: देशभर सामान्यतया मौसम बदलि रहनेछ | पश्चिमी नेपालका केहि स्थानहरुमा र अन्य भु-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का  हिमपातको सम्भावना रहेको छ ।


हेर्नुस धुलिखेल बनेपामा परेको हिउँ :










तस्विर: सामाजिक संजाल 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved