दिवंगत रवीन्द्रः गिरिजाप्रसाद नेतृत्वको सरकारलाई झुकाउने ठिटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 12:21:38 PM मा प्रकाशित

laxmi  sunrise bank

२०५६ सालदेखी सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चुलियो । विद्यार्थीलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट हुनुपर्ने माग गर्दै भएको आन्दोलनको अगुवा थिए, रविन्द्र अधिकारी । ठूलो संख्यामा विद्यार्थी समाहित उक्त आन्दोलनको नाइके बुधबार हेलिकप्टर दुर्घटनामा दिवंगत भए ।

आन्दोलन चर्किदै गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विद्यार्थीसँग ५० प्रतिशत नभई सहमति ३३ प्रतिशत छुट दिने सहमति गर्यो ।

आन्दोलनको अगुवाई र ३३ प्रतिशत छुट दिलाएपछि रविन्द्र अधिकारी विद्यार्थी आन्दोलनको रोलमोडल बने । ‘विद्यार्थीका निम्ति त्यो आन्दोलन ऐतिहासिक र ठूलो उपलब्धीपूर्ण थियो’, त्यसबेला नेपाल विद्यार्थी संघको नेता रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सम्झन्छन्, ‘विद्यार्थी नेता भनेको रविन्द्र अधिकारीजस्तो हुनुपर्छ भन्ने थियो । हामी उहाँलाई विद्यार्थीको रोलमोडल मान्थ्यौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved