सकियो नेकपा सचिवालय बैठक, दिवंगत मन्त्री अधिकारीबारे गर्यो यस्तो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 12:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

दिवंगत मन्त्री रवीन्द्र अधिकारी निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ । पार्टीले २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम गर्नेछ ।

त्यस्तै नेकपा सचिवालयको बैठकले दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य  रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 

ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा पार्थिव शरीर राखिनेछ । पार्टीका सबै कमरेडहरु, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरु, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई अपरान्ह ३ः०० बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन नेकपा बैठकले आग्रह गरेको छ। अधिकारीको अन्तेष्टी भोली फागुन १७ गते उहाँको गृहनगर पोखरामा गरिने भएको छ।बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरुका परिवारलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved