बिजपाटी सम्बाददाता     Feb 28, 2019 | 02:08:18 PM


sunrisebank ruslan

बुधबार भएको हेलिकप्टर दूर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै शवहरु अस्पताल पुर्याईएको हो । नेपाली सेनाको हेलिकप्टरले ति शवहरु सुकेटार विमानस्थलबाट काठमाडौँ ल्याएको हो । काठमाडौँ विमानस्थलबाट एम्बुलेन्समा शवहरुलाई अस्पताल लागिएको हो । 

पोस्ट मार्टमपछि ३ बजे सबै शवलाई श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । उनको गृहजिल्ला कास्की मै अन्त्यष्टि हुने छ 

मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको हो । दुर्घटनामा मन्त्री अधिकारीसंगै प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा, हेलिकप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरेको पनि निधन भएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7