काठको बाकसमा राखिएका शव टुडिखेलमा, श्रद्धाञ्जली सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 08:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर शुक्रबार बिहान टुडिखेल पुर्याईएको छ । बिहिबार नै श्रद्धाञ्जलीको लागि शव टुडिखेलमा राख्ने भनिएतापनि पोस्टमार्टम नसकिएकोले शुक्रबार बिहान मात्र सम्भव भएको हो  । सबै शवलाई काठको बाकसमा राखिएको छ  । मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाइ पनि सामुहिक रुपमा श्रद्धाञ्जली दिन लागिएको हो 

श्रद्धाञ्जली दिन बिहानैदेखि ठुलो संख्यामा सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, सरकार मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, बिशिष्ठ अधिकारी, लगाएतले श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले स्व मन्त्री अधिकारी लगाएत सातै जनाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान व्यक्त गरेका छन् ।  

टुडिखेलमा हुने श्रद्धाञ्जली सकेर मन्त्री अधिकारीको शवलाई गृहजिल्ला कास्की लगिने छ  । त्यहि उनको अन्त्यष्टि हुने छ  ।


बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved