मन्त्री अधिकारिको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 10:05:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन। प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शबमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गरेका छन। 

गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो। मृतकको शब पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुंडीखेलमा राखिएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो।

नेपाल कम्यूनिष्ट पार्टी (नकेपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओडाए। मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,पूर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु,कर्मचारी,सुरक्षा निकाय,मृतकका आफन्त र सर्वसाधरणले श्रद्धान्जली अर्पण गरेका छन् ।  श्रद्धान्जलीका लागि शबहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुंडीखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने कार्यक्रम छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved