मन्त्री अधिकारीको शव पोखरा लगिदै, शव यात्रापछि राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 11:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । श्रद्धाञ्जलीको लागि काठमाडौँको टुडिखेलमा राखिएको उनको शव अहिले काठमाडौँको विमानस्थलमा लागिएको छ  । त्यहाँबाट स्काई ट्रकमार्फत उनको शव पोखरा लगिने छ । 

 मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए  । मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । 

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved