प्रधानमन्त्रीले भने,‘वाइडवडी काण्डमा रवीन्द्र अधिकारीको कुनै संलग्नता छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 03:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भनेर अनावश्यक हल्ला फिँजाईएको बताएका छन् । पार्टी संसदीय दलको बैठकमा ओलीले रवीन्द्र अधिकारीको राजनीतिक भविष्य सक्न वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भनेर प्रचार गरिएको बताए । राजनीतिमा विश्वास गर्न लायक बन्दै गर्दा र पार्टी नेतृत्वमा आउने बेलामा अधिकारीको निधन भएको भन्दै ओलीले दुख व्यक्त गरे ।

नेकपा संसदीय दलको बैठकले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातजनाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्रीले दुर्घटनाको बारेमा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको र छानविनपछि सत्यतथ्य बाहिर आउने बताए । ओलीले मृतकका परिवारलाई सरकारले राहत दिने र भविष्यमा जीवनयापन गर्न सघाउने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved