फागुन २० गते सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2019 | 07:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फागुन २० गते देशभरी सार्वजनिक बिदा घोषणा गरेको छ। उक्त दिन हिन्दुहरुको महान पर्व महाशिवरात्री परेकाले देशभरी नै सार्वजनिक विदा दिइएको हो। यो राजपत्रमा प्रकाशित विदा अन्तर्गत कै हो।

हिन्दुधर्मावलम्बीहरुका लागि महाशिवरात्रिको अत्यन्त ठुलो महत्त्व छ। विष पिएर निलकण्ठ हुँदै गोँसाईकुण्ड पर्वतमा पुगेको बिश्वास गरिन्छ। पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेको बिश्वास गरिन्छ। 

चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय रहेको बिश्वास गरिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved