श्रद्धाञ्जलीको लागि भरतमोहनको पार्थिव शरीर पार्टी कार्यालयमा, आजैअन्त्यष्टि गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 10:14:52 AM मा प्रकाशित

laxmi  sunrise bank

उपचारका क्रममा शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ । 

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो ।

नेकपाले नेता अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

यसैगरी आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत नेकपाले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved