शिवरात्रिमय पशुपतिः नशालु पदार्थ प्रतिबन्ध, १० रुटमा सवारी साधन निषेध

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 03, 2019 | 12:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

महाशिवरात्रिको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिर क्षेत्रमा  सुरक्षालाई मध्यनजर गर्दै चार हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले ३ हजार प्रहरी पोशाकमा र बाँकीलाई सादा पोशाकका परिचालन गराउने भएको हो । पशुपात क्षेत्रमा एसपीको कमाण्डमा एक हजार तीन सय सशस्त्र प्रहरी पनि सुरक्षाका लागि खटिनेछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीले शिवरात्रीमा दर्शन गर्न आउने दर्शनार्थीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापाका अनुसार विकास कोषले छुट्टै स्वयम् सेवक पनि परिचालन गर्नेछ । प्रहरीसँगको सहकार्यमा कोषले स्वयम् सेवक परिचालन गर्न लागेको हो । कोषले यसवर्ष पशुपतिमा १० लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ ।

शिवरात्रीमा हुन सक्ने घटनालाई ध्यानमा राखेर प्रहरीले मासु, मदिरा, गाँजा लगायत नशालु पदार्थ बेचबिखन र सेवनमा प्रतिबन्ध लगाईएको छ । आइतबार बिहानसम्म पशुपति क्षेत्रमा छ हजार बढी साधुसन्त आइपुगेका छन् ।

महानगरीय ट्राफिक महाशाखाले १० ओटा रुटमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

सवारी साधन रोक लगाएका स्थान:


पार्किङ व्यवस्थापन:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved