मदन भण्डारी र मनमोहन अधिकारीलाई जलाइएकै चितामा भरतमोहनको अन्त्यष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 02:44:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान दिए । अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएकै चितामा अन्त्यष्टि गरिएको हो । उनलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिए ।

उनको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको छ । काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राति ९ बजेर ४५ मिनेटमा उनको निधन भएको थियो ।


यस अघि:

-को हुन् गाउँ गाउँका बृद्धवृद्धालाई भत्ता बाड्न सुरु गर्ने भरतमोहन अधिकारी ? 

-अस्पताल भन्छ- 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर...'

-पुर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन

-परिवारको आग्रहमा भरतमोहन अधिकारी भेन्टिलेटरमा, अस्पतालमा नेकपाका नेताहरुको घुइंचो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved