व्यवसायी र निगमबीच समझदारी, खाना पकाउने ग्याँस बिक्रि सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 12:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्यास व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन। नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारीअनुसार व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका हुन।

व्यवासयीहरुले निगमबाट एलपी ग्यासका पिडिओ खरिद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने सहमति गरेका हुन। यससंगै खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सुचारु हुने भएको छ । 

सङ्घको मागबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो ।  उद्योगी–व्यवसायीका मागबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने सहमतिपत्रमा उल्लेख छ। 

त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved