प्रधानमन्त्री ओली र सिके राउत एउटै मंचमा, दुवैको नारा अखण्ड नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 12:08:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बिशेष सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहबाट बिशेष सम्बोधन गर्ने भएका हुन् । उनका साथमा मधेशलाई छुट्टै देश बनाउन पर्ने भनेर अभियान चलाई रहेका डा. सिके राउत समेत सामेल हुने भएका छन् । 

स्रोतका अनुसार कार्यक्रममा सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । साथै उनले  आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने घोषणा गर्ने छन् । स्रोतका अनुसार यो सँगै उनले स्थापना गरेको स्वतन्त्र मधेस गठवन्धन पनि विघटन हुने छ तर उनी नेकपा प्रवेश गर्नेबारे भने केही भनिएको छैन।

प्रधानमन्त्रीका प्रेस सलाहकार कुन्दन अर्यालले आफ्नो ट्वीटरमा 'आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वकाे विषयमा सम्बोधन गर्दै हुनुहुन्छ। प्रत्यक्ष प्रसारण गर्न इच्छुक मिडियालाई स्वागत गर्दछौं।' भन्ने संदेश लेखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved