पर्यटन व्यवसायीले यसरी सम्झिए दिवंगत मन्त्री अधिकारीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 03:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन सम्वद्ध संघसंस्थाले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीनद्र अधिकारी सहितको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् । आज पर्यटन उद्योगसँग सम्बिन्धत संघसंस्थाले संयुक्त रुपमा मन्त्री अधिकारी सहित बरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत मृत्यु वरण गरेका सबै सातै जनाको सम्झनामा श्रद्धाञ्जली दिएका हुन् ।

श्रद्धाञ्जली सभामा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), नाट्टा, हान लगायतका संघसंस्थाका प्रतिनिधिले हस्ताक्षर गरेर सामुहिक शोक वक्तव्य सार्वजनिक गरेका छन् ।

श्रद्धाञ्जली सभामा पर्यटन सम्वद्ध सबै संघसंस्थाले मन्त्री अधिकारीको निधनले नेपालको पर्यटन उद्योगमा निकै ठूलो क्षति पुगको भन्दै उनलाई स्मरण गरेका थिए । नेपालको पर्यटन उद्योग र नजिकिँदै गरेको नेपाल भ्रमण वर्ष २०२० लाई स्वर्गीय अधिकारीको अभाव खट्किने उनीहरुको भनाई छ । सरकारले स्वर्गीय मन्त्री अधिकारीले अघि सारेका योजनालाई पूर्णता दिएर उनको सम्मान गर्नुपर्ने व्यवसायीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved