मन्त्री अधिकारीको निधनपछि मन्त्रालयका योजनाको विजोग !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 12:07:53 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय नेतृत्वविहीन बनेको दुई हप्ता पुग्न लागेको छ । गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि मन्त्रालय नेतृत्वविहीन अवस्थामा छ । मन्त्री अधिकारीको निधन भएपछि मन्त्रालयले योजना बनाएका धेरै कामहरु प्रभावित भएका छन् ।

नेपाल भ्रमण वर्ष २०२०, भैरहवा विमानस्थल जर्मनीको कम्पनीलाई भाडामा दिने लगायतका काम अहिले रोकिएका छन् । यद्यपी भ्रमण वर्षको तयारी भने नेपाल पर्यटन बोर्डले आफ्नै तरिकारले गरिरहेको छ । पर्यटन सम्वद्ध निजी क्षेत्रले भ्रमण वर्षको तयारी थालेका छन् । विदेशस्थित गैर आवासीय नेपालीले पनि यसको प्रचार गरिरहेका छन् । गैर आवासीय नेपाली संघले सन् २०१९ लाई भ्रमण वर्ष २०२० को तयारी स्वरुप नेपाल प्रवद्र्धन वर्षका रुपमा मानाउने औपचारिक घोषणा नै गरिसकेको छ ।

मन्त्रालय नै खाली रहेको अवस्थामा सरकारले नयाँ पर्यटनमन्त्री नियुक्त गर्ने सुरसार गरेको देखिएको छैन । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई पर्यटन मन्त्रालयमा सार्ने र योगेश भट्टराईलाई सञ्चार मनत्रालयको जिम्मा दिने चर्चा चलेपनि निर्णय भने भईसकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved