शिवम सिमेन्टको सीईओमा देवकोटा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 01:03:07 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ५१ औं बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी देवकोटालाई उक्त पदमा नियुक्त गरेको हो।

विभिन्न नेपाली उद्योग तथा बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेका देवकोटा बिगत ४ बर्षदेखि शिवममा थिए । देवकोटासँग २२ वर्षको व्यवस्थापकीय कार्य अनुभव रहेको छ । उनी बिगतमा नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट, चौधरी ग्रुप नेपाल लगायतमा आवद्द थिए ।

देवकोटाको लामो व्यवस्थापकीय कार्य अनुभव, कार्य कुशलता तथा टिमवर्क प्रतिको विश्वासनीयताको उपयोगबाट कम्पनीले लिएका समग्र लक्ष्यहरु सहजै हासिल होस भन्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ । 

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरिरहेको छ। शिवम् सिमेन्टस् हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved