पुर्व सहयोद्धा विप्लवमाथि प्रतिबन्ध लगाएर विदेश उडे गृहमन्त्री थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 11:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा (बादल) आफ्नो पुर्व सहयोद्धा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएर युरोप लागेका छन। फागुन २८ गते अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्री बादलले नै राखेको जनाइएको छ। 

गृहमन्त्रालयको प्रस्ताव अनुसारनै मन्त्रिपरिषद् बैठकबाट विप्लवका गतिविधिमाथि प्रतिबन्ध लागेको तीन घण्टापछि बादल अष्ट्रियातर्फ उडेका हुन् ।गृहमन्त्री बादल अष्ट्रियाको भियनामा हुन लागेको युनाइटेड नेशन्स अफिस अन ड्रग्स एन्ड क्राइमको २६ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ।

प्राप्त जानकारीअनुसार विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छ। विप्लबका गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भएका त्यसैलाई प्रतिबन्ध लगाउने भनिएको बताइएको छ। 

केहिदिन अघि मात्रै एनसेलको प्रधान कार्यलय तथा म्यानपावर व्यवसायीको घरमा बम बिस्फोट गरेको तथा देशका बिभिन्न ठाउँहरुमा विस्फोट तथा आगजनी गरेपछि सरकार क्रुद्ध बनेको थियो। प्रहरीले देशभर विप्लवका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ। 

सरकारले स्वतन्त्र मधेस माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँग ११ बुँदे सहमति गरेको पाँच दिनपछि विप्लवमाथि प्रतिबन्ध लगाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved