निर्मला हत्या प्रकरणः प्रतिवादीबाट लाखौ धरौटी असुल्न आदेश, आजै नबुझाए जेल चलान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 04:12:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको कसुरमा कञ्चनपुर जिल्ला आदालतले धरौटी रकम असुल्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल एजलासले बिहीबार गरेको फैसला अनुसार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो ।

आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच÷पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार÷चार लाख गरि प्रतिव्यक्ति ९ लाख रुपैयाँ असुल्न आदेश दिएको हो ।

सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख ५० हजार रुपैयाँ असुल्न आदेश दिएको हो ।

४ भदौँमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिप सिंह विष्टका दाजु खड्क सिंह विष्टले पूर्व कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का बिरुद्ध यातना कसुर सम्बन्धी मुद्दा दायर गरेका थिए । उनीहरुले आजै पाँच बजेभित्र धरौटी जम्मा गर्न नसके जेल चलान गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved