विप्लबलाई सघाउने व्यक्ति र संस्थाको गतिबिधिमाथि पनि प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 04:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेत्र बिक्रम चन्द विप्लबको समुहलाई अपराधिक र बिध्वशकारी समुह घोषणा गरी उनीहरुको गतिबिधिलाई प्रतिबन्ध गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो समुहलाई अपराधिक र बिध्वशकारी समुह घोषणा गरी त्यस्ता गतिबिधि नियन्त्रण गर्ने र कानुनी कारबाही गर्ने निर्णय गरेको हो ।

साथै विप्लब समुहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति, संस्था, समुहलाई पनि सरकारले अपराधिक र बिध्वशकारी समुह घोषणा गरेको सरकारका प्रबक्ता तथा संचार मन्त्री मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

सरकारले जो कोहि संग भएको अबैध हातहतियार र खरखजाना ३५ दिन भित्र सरकारलाई बुझाउन आग्रह गरेको छ  । स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन सरकारले आग्रह गरेको हो । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय गरेको हो।  यस समय भित्र बुझाउनेले कानुन कारबाही भोग्नु नपर्ने सरकारले स्पष्ट पारेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved