Announcement IPO Result



बिजपाटी सम्बाददाता     Mar 15, 2019 | 09:33:39 AM



shivam cement

 नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले एक दरको न्यूनतम छ लाख र रु दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो । धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । 

आम नागरिकको मागबमोजिम सहजरुपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । बैंकका अनुसार कूल २८ वटा वाणिज्य बैंकले आगामी चैत ३ गतेदेखि आगामी वैशाख १६ गतेसम्म वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । बैंकिङ कारोवार गर्ने समयभित्र सर्वसाधारणलाई सिक्का बिक्रीको व्यवस्था गर्ने निर्णय गरिएको र काठमाडौँ उपत्यकाभित्र रहेका आफ्ना शाखामार्फत सिक्का बिक्रीको व्यवस्था मिलाइएको छ । 



Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7