काभ्रेमा स्वास्थ्य बीमा कार्यक्रम लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2019 | 03:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य बीमा बोर्डले काभ्रेमा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू गरेकोे छ । चैत १० गतेभित्र जिल्लाका १३ स्थानीय तहमा कार्यक्र लागू गर्ने योजना अनुसार हाल चारवटा नगरपालिकामा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाई सोबारे अभिमूखिकरण दिइएको छ । काभ्रेमा स्वास्थ्य बीमा गरेका नागरिकलाई धुलिखेल सामुदायिक अस्पतालले सेवा उपलब्ध गराउने छ ।

‘‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ ४८ जिल्लामा लागू गरिएको सो कार्यक्रम गत फागुन अन्तिम साता धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । बीमा कार्यक्रमअन्तर्गत प्रतिपरिवार पाँच सदस्यलाई वार्षिक दुई हजार ५०० प्रिमियम तिर्नुपर्नेछ । पाँचभन्दा धेरै सदस्य भए प्रतिसदस्य ४२५ रुपैयाँ थप गर्नुपर्नेछ ।

उक्त बोर्डका मेडिकल रेकर्ड अधिकृत गुञ्जबहादुर जिसीले २५ सय तिरेपछि पाँच जनाका लागि वार्षिक ५० हजारको बीमा हुने, पाँच बराबर एकजनाले ५० हजारको सेवा लिएमा अन्यले सेवा प्राप्त गर्न नसक्ने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने बताएका छन् ।

बीमा कार्यक्रमअन्तर्गत बहिरङ्ग तथा आकस्मिक सेवा, अन्तरङ्ग सेवा, निदनात्मक सेवाअन्तर्गत एक हजार ११८ प्रकारका औषधि प्राप्त गर्नेछन् । सरकारले यसअघि ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएकामा थप २५ वटा आर्युेवेदिक औषधि पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved