लगानी कोषलाई अर्थमन्त्रीले भने,‘ब्याजदर तलमाथि पार्ने कोशिस नगर्नुस’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 02:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले लगानी कोषलाई पूँजी बजारमै लगानीको पर्याप्त क्षेत्र रहेको बताएका छन् । नागरिक लगानी कोषको बार्षिकोत्सब एवम् भवन शिलान्यास कार्यक्रममा उनले लगानी कोषलाई मुद्रा बजारमा नखेल्न आग्रह गरे । 

उनले भने,‘पूँजीबजारमा नै तपाईहरुको लागि पर्याप्त लगानीको क्षेत्र छ । तपाईहरुको क्षेत्र मुद्रा बजार होइन् । मुद्राबजारमा खेलेर ब्याजदर तलमाथि पार्ने कोशिस नर्गनुस् ।’

उनले आन्तरिक बचत र पूँजीबजारको विकासले दिर्घकालिन बचतको स्रोत जुटाउने बताएका छन् । उनले यस्तो बचतले देशको पूर्वाधार विकासमा लगानी गर्न र स्वाधिन अर्थतन्त्र निर्माणमा सहयोग गर्ने बताएका हुन् ।

पुँजीबजारको दीर्घकालिन हितका लागि नागरिक लगानी कोषको महत्व धेरै रहेको भन्दै मन्त्री खतिवडाले व्यापार गरेर मात्रै दिर्घकालिन आर्थिक वृद्धि हाँसिल नहुने बताए । दिर्घकालिन आर्थिक विकासका लागी उद्योग, आय आर्जनका क्षेत्रहरु र अल्पकालिन कृषिबाहेक व्यवसायीक पूर्वाधारका क्षेत्रमा लगानी गर्न पुगेका बैंक तथा वित्तिय संस्थालाई कोषको पैसाले सहयोग पुग्ने बताए । उनले कोषबाट धेरै विचलित नहुन र धेरै हात पनि नफैलाउन आग्रह गरेका छन् । उनले कोषको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिन लागिएको बताए ।

सोही सभामा मन्त्री खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई एउटै छानामुनी ल्याइने बताए । खतिवडाले योगदान गर्न नसक्नेलाई राज्यले नै योगदान गरिदिएर सामाजिक सुरक्षाको योजनामा सबै नागरिकलाई समावेश गराउने बताए । 

वार्षिकोत्सवको अवसरमा कोषको भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले आफूले शिलान्यास गर्ने हरेक भवनको निर्माण तीव्र गतिमा हुनैपर्ने बताए । काठमाडौँको नयाँबानेश्वरस्थित यसअघि तरकारी बजार रहेको ठाउँमा कोषको भवन बनाउन लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved