कालिकोटका सञ्चारकर्मी कर्ण विश्वकर्मा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 10:48:38 PM मा प्रकाशित

laxmi  sunrise bank

रेडियो नयाँ कर्णाली एफएममा प्राविधिक तथा संवाददताका रुपमा कार्यरत कर्ण विश्वकर्मा पक्राउ परेका छन। कालिकोटबाट प्रशारण हुने सामुदायिक रेडियोका संचारकर्मी विश्वकर्मालाई प्रहरीले सोधुपुछका लागि भन्दै पक्राउ गरेको जनाइएको छ।

नेपाल पत्रकार महासंघ कालिकोटले बिश्वकर्माको पक्राउप्रति आपत्ति जनाएको छ। महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले बिश्वकर्मालाई तत्काल रिहाई गर्न माग गर्दै प्रेस विज्ञप्ति जारि गरेका छन। 

‘नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतको खिल्ली उडाउँदै रेडियोमा काम गरिरहेको अवस्था कार्यस्थलबाटै सञ्चारकर्मी पक्राउ गर्नुले प्रहरी प्रशासनको कालिकोटका सञ्चारकर्मीलाई आतंकित पार्न छोरी कुटेर बुहारी तर्साउने रणनीतिको भर्त्सना गर्दछौँ ।’ बिज्ञप्तीमा उल्लेख छ। 

विश्वकर्माको पक्राउको विरोधमा कालिकोटका सामुदायिक रेडियोहरु समेत बन्द गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रेस विज्ञप्तिमार्फत सञ्चारकर्मी विश्वकर्मालाई तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका छन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved