विप्लबलाई 'उक्साउने' संचारमाध्यमलाई चेतावनी, आधा दर्जन मिडियामाथि सरकारको निगरानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2019 | 08:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिंसालाई प्रोत्साहन गर्ने गरि समाचार सम्प्रेषण गर्ने संचारमाध्यमलाई घोषित कानुनअनुसार कारवाहि गर्ने चेतावनी दिएका छन। 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औं स्थापन दिवसको अवसरमा बोल्दै मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चार माध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिएको प्रति असन्तुष्टि जनाउदै यस्तो बताएका हुन। 

विप्लब समुहका गतिबिधिलाई प्रतिबन्ध लगाएपछि बिभिन्न ६ वटा संचार माध्यमले हिंसालाई बल पुग्नेगरि समाचार सम्प्रेषण गरेको जानकारी दिंदै सरकारले उनीहरुलाई नियाली रहेको बताए।यद्दपी मन्त्री बास्कोटाले निगरानीमा रहेका संचार माध्यमहरुको नाम भने बताउन चाहेनन। 

विप्लव नेतृत्वको पार्टीलाई कारबाही गर्ने बारेमा पनि नेपाली सेनाले असहमति जनाएको, कञ्चनपुर घटनाका दोषीलाई कसरि किन समात्यो भन्ने जस्ता बिषयमा केहि संचार माध्यमले नियोजित रुपमै हिंसालाई बल पुग्ने समाचार सम्प्रेषण गरेकोप्रति मन्त्री बास्कोटाले असन्तुष्टि जनाए।  

संस्थापक अध्यक्ष मैनालीलाई सम्मान 

अकोराबले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष रघु मैनालीलाई सम्मान गरेको छ । मैनालीलाई सामुदायिक रेडियोको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो। उनलाई मन्त्री बास्कोटाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे। नेपालमा सामुदायिक रेडियोको विकासका लागि मैनाली दुई दसकभन्दा धेरै समयदेखि सक्रिय छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved