विप्लब नेकपालाई मोहन बैधको साथ, निकाले यस्तो बिज्ञप्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2019 | 08:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) ले विप्लव नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ। 

वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको फाँसीवादी व्यवहार निन्दनीय रहेको वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र सो समूहप्रति राजनीति व्यवहार गरेर समस्याको समाधान खोज्न समेत आग्रह गरिएको छ। ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved