मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 04:27:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्लिम आयोगको अध्यक्षमा नियुक्त भएका समिम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कपिलबस्तुका अब्दुल सलामले उत्प्रेषण, परमादेश लगायतका आवश्यक र उपयुक्त आदेशको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

अन्सारीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उजुरी परेको थियो । उनको सुनुवाई गर्दै संसदीय समितिले पछि हट्न सुझाव दिएपनि उनको विषयमा समितिले अनुमोदन गर्ने नगर्ने विषयमा टुंगो लगाएको थिएन । सरकारले सिफारिस गरेको ४५ दिनपछि स्वतः अनुमोदिन भएर अध्यक्ष बनेका अन्सारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ७ गते सपथ गराएकी थिइन् । 

उजुरीमा नेपालको संविधानको धारा १३३(३) बमोजिम अन्सारीको सिफारिश र नियुक्तिको निर्णय बदर गराउन उत्प्रेषण परमादेशको माग गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved