लगानी सम्मेलनकै दिन विप्लबको नेपाल बन्द, बिदेशीलाई तरंगित नहुन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 11:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

विप्लब नेकपाले आफूमाथि लगाएको प्रतिबन्धबिरुद्द आन्दोलनको घोषणा गरेको छ। विप्लब नेकपाले आफूमाथि लगाएको प्रतिबन्ध चैतभित्र नहटाए सरकारको कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। 

पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाई तथा प्रतिबन्ध हटाउन माग गर्दै विप्लब नेकपाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। पर्सि चैत १३ गते चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने कार्यक्रम रहेको विप्लब नेकपाद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बताएको छ।    

चैत १५ र १६ गते हुन गैरहेको अन्तराष्ट्रिय लगानी सम्मेलन जनतामाथि लुट थोपर्ने नाटक मात्रै भएको बिज्ञप्तीमा उल्लेख छ। 'बन्द हाम्रै आन्तरिक बिषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै अन्तर्राष्ट्रिय समुदाय भ्रमित र तरंगित नहुन आग्रह गर्दछौं' विप्लबको वक्तब्यमा उल्लेख छ। 

सरकारले २८ फागुनमा विप्लब समुह राजनीतिक संगठन नभएको भन्दै उसको गतिबिधिमाथि प्रतिबन्ध लगाएको थियो। सरकारले मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेतलाई पक्राउ गरेको छ।

   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved