अख्तियारका पाठक बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर, घुस दिने लम्बोदरलाई ८ बर्ष कैद माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 06:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । 

पदको दुरुपयोग गरी नेपाल इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारले न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको कुरा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको बताएको छ । पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए। 

पाठकलाई घुस दिएका कलेजका संचालक लम्बोदर न्यौपानेलाई अख्तियारले ८ वर्ष कैद सजाय मागदाबी गरेको छ ।  उनलाई पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवाना माग विशेष अदालतमा मुद्दा दायर भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved