पशुपतिको पुननिर्माण कछुवा गतिमा, ४ वर्षमा ३ प्रतिशत काम

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2019 | 01:55:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्प गएको चार वर्ष वित्नलाग्दा पनि पशुपतिनाथ मन्दिर क्षेत्रका मन्दिरको पुननिर्माण हुन सकेको छैन । पुननिर्माण प्राधिकरणले मर्मत र पुननिर्माणको जिम्मा लिएपनि धार्मीक महत्व बोकेका कुनैपनि मन्दिरको पुननिर्माण सम्पन्न भएको छैन । पशुपात क्षेत्रमा हालसम्म २.८५ प्रतिशत मात्रै पुननिर्माणको काम सकिएको छ । 

एक सय पाँचवटा मन्दिर बनाउनुपर्ने भएपनि प्राधिकरणले हालसम्म तीनवटा मात्रै बनाएर सकेको छ । २५ वटा मन्दिर निर्माणको अन्तिम चरणमा रहेको र प्राधिकरणले केही समयमै हस्तान्तरण गर्ने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुङ्गानाले जानकारी दिएका छन् । 

पुरातात्विक महत्वका सम्पदालाई भूकम्प अगाडीकै संरचनामा पुननिर्माण गर्नुपर्ने बाध्यता भएकाले ढिलो भएको प्राधिकरणले प्रतिक्रिया दिएको छ । २०७८ सालसम्म सबै सम्पदा र निजी आवासको पुननिर्माण सक्ने सरकारी लक्ष्य अनुसार सबैतिर काम भईरहेको र पशुपति क्षेत्रमा पनि सोही लक्ष्य अनुरुप कामले गति लिएको प्राधिकरण स्रोतको दाबी छ । 

२०७२ बैशाख १२ गते गएको भूकम्पले भत्काएका मन्दिरहरु अहिले भग्नावशेष जस्तै देखिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved