एसईईको प्रश्नपत्र बाहिरिएपछि छानबिनको जिम्मा सिआईबीलाई, चार घण्टामा रिपोर्ट पठाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 02:41:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई दिइएको छ । देश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको एसईई परीक्षा सुरक्षा समितिको बैठकले यो विषयको छानबिन गर्ने जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो । 

परीक्षाको अघिल्लै दिन प्रश्नपत्र विद्यार्थीको हातहातमा परेपछि शुक्रबार आकस्मिक रुपमा सुरक्षा समितिको बैठक बसेको हो । बैठकले ७७ जिल्लाकै परीक्षा केन्द्रको अनुगमन गरेर प्रश्नपत्रको अवस्थाबारे चार घण्टामा रिपोर्ट पठाउन निर्देशनसमेत दिएको छ । ७७ वटै जिल्लाबाट अनुगमन रिपोर्ट आएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आजै साँझ ६ बजे बस्ने छ ।  

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा दुवै दिनको परीक्षा रद्ध गरिएको छ । परीक्षा रद्ध भएपछि विद्यार्थीले २ नम्बर प्रदेशका सबै जिल्लामा आन्दोलन गरेका छन् । 

यसअघिः

एसईई प्रश्नपत्र बाहिरिएको बिरोधमा विद्यार्थी आन्दोलित, घन्टाघर तनावग्रस्त

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved