फेसबुकले आफ्नै मालिकका पोस्ट डिलिट गरिदियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 01:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका स्टाटस डिलिट गरिदिएको छ। जुकरवर्गका सन् २००७ र २००८ का पोस्टहरू फेसबुकले डिलिट गरिदिएको हो ।

फेसबुकका प्रवक्ताका अनुसार जुकरवर्गको फेसबुक वालबाट हटे पनि ती पोस्ट कम्पनीको ब्लग र न्युज रूममा सहजै भेट्न सकिनेछ । ‘प्राविधिक त्रुटिका कारण जुकरवर्गका केही पोस्ट डिलिट भए । तिनलाई फेरि रिकभर गर्न धेरै काम गर्नुपर्थ्यो, त्यो प्रक्रिया पूरा गरे पनि पोस्ट रिकभर हुने ग्यारेन्टी थिएन । त्यसैले हामीले प्रयासै गरेनौं’ फेसबुकका प्रवक्ताले भने । 

के कारणले पोस्टहरु डिलिट भए भन्ने बारे भने कुनै कारण फेला परिसकेको छैन । 

(एजेन्सीको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved