जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन गृहको परिपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 10:27:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता पाउने बाटो खुला गरेको छ। 

गृहमन्त्रालयले एक बिज्ञप्ती जारि गर्दै जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। संविधानमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली भए वंशजको नागरिकता पाउने व्यवस्था छ।

जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्या समाधान गर्नलाई परिपत्र गरिएको गृहले जनाएको छ। नागरिकता संशोधन विधेयक लामो समय संसदमा अड्किएको र सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन आदेश गरेकाले यस्तो परिपत्र जारी गर्नुपरेको गृहद्वारा परिपत्रमा उल्लेख छ। 

'संविधानको धारा ११ को उपधारा ३ बमोजिम जन्मका आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी निवेदन दिएमा वंशजका आधारमा नागरिकता प्रदान गर्न अपनाउनुपर्ने कार्यविधि प्रक्रिया अपनाई, के बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको नागरिकता प्रदान गर्न सकिने निर्णय भएको छ,' परिपत्रमा भनिएको छ।

२०६३ मा अन्तरिम संविधान लागू भएपछि २०४६ चैत मसान्तसम्म नेपालमा बसोबास गरेको १५ वर्ष पुगेको र त्यसपछि पनि निरन्तर यहीँ बसेकालाई राज्यले जन्मसिद्ध नागरिकता दिएको थियो।

जन्मसिद्ध नागरिकता प्राप्त गर्नुअघि जन्मेका उनीहरूका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने भनेर गृह मन्त्रालयले निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले मन्त्रिस्तरीय निर्णय पर्याप्त नहुने भन्दै 'उक्त निर्णय कार्यान्वयन नगर्नू, बरू कानुन बनाउनू' भन्ने निर्णय गर्यो। 

यसको हल निकाल्न खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएको बेला अध्यादेश ल्याइयो। तर संसद नभएका बेला ल्याइएको अध्यादेश भन्दै २०७० सालमा दोस्रो संविधानसभा चुनावपछिको नयाँ संसदले उक्त अध्यादेश पारित गरेन। त्यसपछि गृहले अध्यादेश निष्क्रिय भएको भन्दै अर्को कानुन नबनेसम्म जन्मसिद्धका सन्तानलाई नागरिकता दिने काम रोक्नू भन्ने पत्र सिडिओहरूलाई पठायो। 

सोहि पत्रका कारण जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले कानुन नबनेको भन्दै नागरिकता लिन पाएनन। यद्दपी पहुँच हुनेहरुले अदालतबाट आदेश ल्याएर नागरिकता बनाए। गृहको पछिल्लो परिपत्रपछि भने बाबु र आमा दुवैको नेपाली नागरिकता लिएर जानेले वंशजको नागरिकता पाउने भएका भएका छन।     

No photo description available.


    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved