वालुवाटारमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 09:30:07 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन्। आफ्नै निवास बालुवाटारमा ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन्।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

छलफलमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा, आगामी बजेटका बिषयमा, र अन्य समसामयिक बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  । छलफलपछि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने सक्ने बताईएको छ । यो समाचार तयार पार्दासम्म छलफल जारि छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved