शुक्रबार सार्बजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 02:17:25 PM मा प्रकाशित

laxmi  sunrise bank
सरकारले भोली चैत्र २२ गते शुक्रबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा दिएको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा मात्र सार्बजनिक विदा दिएको हो । सरकारले घोडेजात्रा, गाईजात्रा, इन्द्र जात्रा र मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौँ उपत्यकामा मात्र लागु हुने गरि सार्वजनिक विदा दिने गरेको छ  । 

प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ  । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । 
 
अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा) गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो । 
 
घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ । काठमाडौँको टुडिखेलमा बर्सेनि नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved