सरकारक पछिल्ला ४ निर्णय: अब हड्ताल गर्न नपाइनेदेखि हावाहुरी पिडितलाई निशूल्क घर बनाईदिने सम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 11:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अब सार्बजनिक सेवामा हड्ताल गर्न नपाइने भएको छ। गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । यस संगै अब टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग,  सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन । 

त्यस्तै बैठकले सवारी साधनहरूको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपर्युक्त बमोजिमको सडक उपभोग दस्तुर सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । बैठकले यूनाइटेड सिमेण्टस् प्रा.लि.को नौबिसेस्थित सिमेण्ट कारखानास्थलसम्म जाने आउने औद्योगिक पहु“चमार्ग÷सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–९ मा रहेको पोखरीडा“डा सामुदायिक वनको कूलजम्मा ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।

आज चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले हालै हावाहुरीबाट बारा र पर्सा जिल्लामा घरवार क्षति भई पिडित भएका परिवारलाई निशुल्क घर बनाईदिने निर्णय गरेको छ । बैठकले  बर्षायाम अगाडि नै जनता आवासको मोडलमा घर बनाई हस्तान्तरण गर्नको लागि नेपाली सेनालाइ जिम्मेवारी दिएको हो। घर निर्माण कार्यको सहजीकरण गर्नको लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी , रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाको प्रतिनिधि र शहरी विकासको प्रतिनिधि रहेको ५ सदस्यीय समिती गठन भएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved