देशभरको मौसम बदलि, ३ दिनसम्म बर्षा, हिमपात र हावाहुरीको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2019 | 10:43:46 AM मा प्रकाशित

laxmi  sunrise bank

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ । त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।

यस्तो छ मौसम बिभागले आगामी ३ दिनको लागि गरेको मौसम पूर्वानुमान  ।

चैत्र २२ गते (शुक्रबार) :

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमापश्चिमी  भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ।  उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का  हिमपातको  संभावना देखिन्छ।

 

राति:  देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा,  पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।। पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  साथै उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का हिमपातको  पनि संभावना देखिन्छ।

 

चैत्र २३  गते (शनिबार ) :

दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  र उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 

राति: देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

चैत्र २४  गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमापश्चिमी  भु-भागका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ पनि छ।   

 

राति:  देशको अधिकांस भूभागहरुमा   आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved