काठमाडौँमा टिकट नलिई यात्रा गरे ५ सय जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 12:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौँ महानगरपालिकाले सार्वजनिक यातायातलाइ व्यबस्थित बनाउनको लागि नयाँ ऐन जारि गरेको छ । महानगरले सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुबिधाजनक पहुँच सुनिस्चित गर्ने उदेश्यले नयाँ ऐन जारि गरेको जनाएको छ । नयाँ ऐनमा चालक र यात्रु दुबैको दायित्व उल्लेख गरिएको छ ।

जस अनुसार महानगर भित्र यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनु पर्ने छ । त्यस्तै यात्रुहरुले यात्रु कार्ड बनाएर पनि यात्रा गर्न सक्ने छन् । यात्रुले टिकट नलिइ यात्रा गरेमा प्रथम पटक एक सय र दोस्रो पटक ५ सय जरिवाना तिर्नु पर्ने छ । तेस्रो पटक पनि टिकट नलीई यात्रा गरेको भेटेमा उक्त यात्रुलाई प्रहरीकोमा बुझाई दिने उल्लेख छ ।

नयाँ ब्यबस्था अनुसार चालक र सहचालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्नेछ । सवारी साधनमा अनिवार्य रुपमा प्राथमिका उपचार सामग्रि , अग्नि नियन्त्रक उपकरण, फोहर फाल्ने भाँडो, यात्रु गुनासो पेटिका राख्नुपर्नेछ । कुनैपनि सवारि साधनमा प्रचार सामग्रि राख्नुपरेमा महानगरसँग अनुमति लिनुपर्नेछ । सार्वजनिक सवारिहरुले तोकिएको स्थानमा यात्रुहरुलाइ चढाउने र ओराल्नुपर्नेछ । जथाभावि यात्रु चढाउने ओराल्ने गरेमा , जथाभावि पार्किङ गरेमा , अश्लिल फोटो टास्ने, गित बजाउने , यौनजन्य दुव्र्यबहार गर्ने कार्य भएमा कानुनि रुपमा दण्डित गरिने ऐनमा व्यबस्था छ ।

त्यस्तै कात्तिकदेखि माघ मसान्तसम्म सवारि साधनले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने र अरु समय बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने महानगरले ल्याएको ऐनमा व्यवस्था गरिएको छ । ऐनलाइ १५ दिनभित्र स्थानिय सरकारले प्रमाणिकरण गर्ने र त्यसपछि स्थानिय राजपत्रमा प्रकाशित गरेर कार्यन्वयनमा ल्याइने महानगरले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved